म्यानमार सैन्य ‘कू’प्रति नेपाली कांग्रेसद्धारा विरोध

0 Shares

काठमाडौं । म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा नेपाली कांग्रेसले निन्दा गरेको छ ।

सेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गरेको छ भने एक वर्षका लागि संकटकाल लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसको विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताए । उनले भने, ‘सबैले यसलाई साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्छ ।’

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको थियो । तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ ।

चुनावमा प्रश्न उठेको भए संवैधानिक राजनीतिक प्रक्रियाबाट हल गर्नुपर्ने भन्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘सेनाले हस्तक्षेप वा निर्वाचित शासकबाट लोकतान्त्रिक प्रक्रियामा हुने हस्तक्षेप आलोचित विषय बन्छ । नेपाली कांग्रेस म्यानमारको घटनाप्रति विरोध गर्न चाहन्छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार