सेनाको बख्तरबन्द गाडी सडकमा स् नियमित अभ्यास कि मनोवैज्ञानिक सन्देश

  स्रोत अनलाइन खबर

काठमाडौं । सोमबार बिहानै म्यानमारमा सेनाले सत्ता कब्जा गरेको समाचार आयो । यसले धेरैलाई १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको निरङ्कुश कदमको झझल्को दियो ।

संयोग नै मान्नुपर्छ, राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको १६ वर्ष पुगेकै दिन म्यानमारमा सत्ता कब्जा भयो, नेताहरुलाई नियन्त्रण लिइयो, अनि टेलिफोन र विद्युतसमेत काटियो ।

फोटो अनलाइन खबर

घटना त्यत्तिमा मात्र सीमित रहेन, सोमबार बेलुका अबेर नेपाली सेनाले बख्तरबन्द गाडीबाट काठमाडौंको चक्रपथ परिक्रमा गर्‍यो । सेनाले बुधबार काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्दको अभ्यास गर्दैछ ।

नेपाली सेनाले आइतबार नै यसलाई नियमित अभ्यास भएको भने पनि जनता र वुद्धिजिवी वर्गले यसलाई सहजरुपमा लिन सकेका छैनन् ।

म्यानमारको घटना १९ माघमै हुनुलाई संयोगको रुपमा लिन सकिएला तर सेनाले आफ्नो नियमित अभ्यासका लागि माघ १९ नै किन छनौट गर्‍यो रु १९ माघको वर्षगाँठलाई दृष्टिगत गरेर उसले यसलाई केही दिन अघि(पछि सार्न पनि त सक्थ्यो ।

प्रजातान्त्रिक व्यवस्था र सामान्य अवस्थामा सेना ड्रेससहित सडकमा आउनुलाई पनि समाजमा निकै संशयका साथ हेरिन्छ । तर बख्तरबन्द गाडी नै सडकमा योजनावद्ध ढंगले निकालिएको घटनालाई नेपाली समाजले त्यति सहजरुपमा लिन सक्दैन । यति मात्र होइन, यतिबेला देशको राजनीति एकदमै तरल रहेको छ ।

 

आफूले भने अनुसारको फैसला आएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकालीन अवस्था घोषणा गरी सेना परिचालन गर्ने आशंका पनि राजनीतिक वृत्तमा बढिरहेका बेला सेनाको पछिल्लो अभ्यासले थप संशय पैदा गरेको छ ।

सामरिक मामिला विज्ञ गेजा शर्मा वाग्ले नेपाली सेनाले नियमित अभ्यास भनी स्पष्टीकरण दिए पनि म्यानमारको घटना, प्रतिनिधि सभा विघटनपछिको तरल राजनीतिक अवस्था र १९ माघको इतिहासले बख्तरबन्द सडकमा ल्याउनुलाई संयोगमात्र मान्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘प्रतिनिधि सभा विघटन गरेपछि संकटकालीन अवस्थासमेत घोषणा र नेपाली सेना परिचालन हुनसक्ने चर्चा र आशंका भइरहेको घडीमा सेनाले उपत्यका लगायत देशैभरी गर्न लागेको अभ्यासले अर्थपूर्ण मनोवैज्ञानिक सन्देश दिन चाहेको देखिन्छ ।’

उनले व्यवसायिक र राष्ट्रिय सेनाले नियमित अभ्यास गर्दा जुन तहको आशंका सिर्जना भएको छ यसले सेनाको व्यवसायिक छविप्रति जनता र वौद्धिक समुदाय विश्वस्त हुन नसकेको देखिने बताए । वाग्लेले भने, ‘विकसित राजनीतिक घटनाक्रममा सेनाले मनोवैज्ञानिक सांकेतिक सन्देश दिन चाहेको देखिन्छ, जुन अर्थपूर्ण छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार