बास्कोटा प्रकरणबारे नेकपाले छानविन नगर्ने

Facebook Debugger

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफैंले छानविन नगर्ने भएको छ ।


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट बिहीबार राजीनामा दिएका थिए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बास्कोटा प्रकरणबारे छलफल भएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ । तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ ।’
यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको दाबीलाई उनले अस्वीकार गरे । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको प्रष्ट दृष्टिकोण रहेको भन्दै नेकपा प्रचार विभाग उपप्रमुख समेत रहेका उनले भने, ‘त्यस्ता हावा कुराको पछाडि छलफल गर्नु बेकार छ ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार