सेनाको बख्तरबन्द आउँदा प्रदर्शनकारी तिरबितर

7 Shares

धनगढी । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहेका बेला नेपाली सेनाको हतियारसहितको बख्तरबन्द गाडी गुडेको छ ।

ओली समूहले समेत आमहड्तालविरुद्ध प्रदर्शन गरिरहेका बेला सेनाको बख्तरबन्द गुडेपछि प्रदर्शनकारी तितरवितर भएका थिए ।

नेपाली सेनाको जंगीअड्डाका सहायक प्रवक्ता पदम बुढाका अनुसार बख्तरबन्द गाडीको नियमित अभ्यास चलिरहेको छ र धनगढीमा आइपुग्नु संयोग मात्रै हो ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका महासेनानी बुढाका अनुसार १९ र २१ माघमा सेनाले बख्तरबन्द गाडीको नियमित अभ्यास गरेको थियो ।

सोही अनुसार नेपालगञ्जबाट फर्किएको बख्तरबन्द गाडी र प्रदर्शनकारीबीच धनगढीमा जम्काभेट भएको उनले बताए । बिहीबार सेनाको अभ्यास सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार