मदन भण्डारी फाउण्डेशन सोलुखुम्बुको अध्यक्षमा वास्तोला

Facebook Debugger

सोलुखुम्बु । मदन भण्डारी फाउण्डेशन सोलुखुम्बुको अध्यक्षमा जगन्नाथ वास्तोला निर्वाचित भएका छन् । फाउण्डेशनको प्रथम जिल्ला सम्मेलनले बास्तोलाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिठि निर्वाचित गरेको हो ।


फाउण्डेशनको जिल्ला कमिटी उपाध्यक्षमा हिमाल गिरी, सचिवमा सरस्वती कुलुङ र कोषाध्यक्षमा जुनितामाया मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दोर्जी जाङ्बु लामा, रामकाजी श्रेष्ठ, कल्पना नाछिरिङ राई, पोस्टकुमार कार्की, दाडोमा शेर्पा र मानवीर राई (सोताङ) रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए ।
कमिटीका अन्य सदस्यहरुमा प्रकाश कार्की, बिष्णुकुमार बस्नेत, दिनेशकुमार राजभण्डारी, डीबी खालिङ राई, उदयनारायण बस्नेत, देवकी थुलुङ, विजय तामाङ, दोमराज बास्तोला, अर्जुन रोक्का, भगवती गुरुङ, आशकुमार राई शिशिर, उत्तम घिमिरे, नरमाया राई, होमा कटेल, आकाश कुलुङ र निमराज तामाङ रहेका छन् ।
मदन भण्डारी फाउण्डेशन १ नम्बर प्रदेश कमिटीका अध्यक्ष गोपाल गुरागाईं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र नेकपा जिल्ला अध्यक्ष मानवीर राईको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार