३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

एमसिसीबारे प्रचण्डको प्रष्टिकरण पार्टीले औपचारिक निर्णयमा पुगि नसकेको स्पष्ट पारेका छन्


२३ माघ २०७७, शुक्रबार  

14
Shares

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे पार्टी औपचारिक निर्णयमा पुगिनसकेको स्पष्ट पारेका छन् ।

ललितपुरमा सञ्चारकर्मीसित साक्षात्कार गर्दै प्रचण्डले हिजोको आमहडतालमा एमसिसीबारे नारा लगाउने योजना नरहेको बताए ।

पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसिसीबारे पुनर्मार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

संवैधानिक परिषदको नियुक्तिलगायतका विषय गम्भीर रहेको अवस्थामा अन्य विषयमा नारा लगाउँदा विषान्तर हुने स्थिति देखेपछि आफूले निर्धारित नारा लगाउन सम्झाएको स्पष्ट पारे ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ४ : ३५ बजे