३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

विप्लवसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाऊ प्रचण्ड


२३ माघ २०७७, शुक्रबार  

14
Shares

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड साधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए ।

हिजो पनि आफूहरु विप्लवहरुलाई प्रतिबन्ध लगाउनुभन्दा मुल धारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी प्रतिबन्ध लगाएको उनले बताए ।

 

प्रचण्डले अघि भने, ‘इमान्दारितापूवर्क वार्तामा ल्याउन चोहेका भए प्रतिबन्ध हठाउनुपर्छ । र, उहाँहरु आउने हो भने हाम्रो समर्थन रहन्छ ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ४७ बजे