२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

ईश्वर पोखरेलले गरे नेपाल बन्दको निन्दा


२३ माघ २०७७, शुक्रबार  

7
Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आधिकारिक हुने र सूर्य चिन्ह लिएर जनतामाझ जाने बताएका छन् ।

पोखरेलले आफूहरु आधिकारिक हुने र आगामी चुनावमा सूर्य चिन्ह लिएर जनतामा जाने दावी गरे । नेकपा र सूर्य ओली नेतृत्वको रहेको भन्दै उनले आफूहरु जनताको पक्षमा संघर्षमा रहेको र रहने बताए ।

उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड(माधव समूहले हिजो नेपाल बन्दको नाममा दिएको दुःखको निन्दा गरेका छन् । उनले बन्दका क्रममा जलेको ट्याक्सीधनीलाई क्षतिपूर्ति गराउने बताए ।

बन्दका क्रममा जलेको ट्याक्सीको भौतिक क्षतिको पूर्ति सरकारले गर्ने पोखरेलले घोषणा गरे । जनतालाई दुःख दिने कार्य कोही कसैले गरेपनि कारबाहीभागी हुने उनले बताए ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ३४ बजे