भागरथी हत्या प्रकरणको अनुसन्धान मोबाइलमा केन्द्रित

  स्रोत अनलाइनखबर
0 Shares

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा १७ वर्षीया भागरथी भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान उनको मोबाइलमा केन्द्रित भएको छ ।

शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । र, मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार मोबाइलको प्राविधिक विश्लेषणको काम केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट गएको टोलीले गरिरहेको छ । ब्युरोले नै कल डिटेल रेकर्ड ९सीडीआर०, बीटीएस लगायतका प्राविधिक पक्षको विश्लेषण गर्नेछ ।

रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको शव सडक नजिकैको जंगलमा भेटिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीलाई टोली खटाउन निर्देशन दिएको थियो । त्यसपछि निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा खटिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।

अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ ।

मोबाइलबाट गरिएको अनुसन्धानकै आधारमा प्रहरीले घटनामा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने आशंका गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर पनि घटनाको विषयमा संवेदनशील भएर वैज्ञानिक अनुसन्धान थालिएको बताउँछन् । ‘यो घटनालाई प्रहरीले एकदमै प्राथमिकता दिएको छ, प्रदेश प्रहरी प्रमुख आफैं पनि घटनास्थलमा पुग्नु भएको छ ।’

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि जिल्ला अस्पताल, बैतडीले पोष्टमार्टम रिपोर्ट दिइनसकेकाले यकिन भइसकेको छैन ।

भागरथी हत्या प्रकरणलाई कञ्चनपुरको निर्मला हत्या प्रकरणसँग दाँजेर हेरिएको छ र निर्मला प्रकरणमा जस्तै प्रहरीले कमजोरी नगरोस् भनेर नागरिक समाजले घच्घच्याइरहेका छन् । नेकपा प्रचण्ड–माधव समूहले पनि प्रकरणको सत्य, तथ्य अनुसन्धान गरेर यथाशिघ्र दोषीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार