हरेक क्षण प्रयास गर्दै कर्मशील बन, सफलताले तिम्रो साथ हुनेछ !

Facebook Debugger

काठमाडौं । विश्व चर्चित अधिकांश मानिसहरु गरिब परिवारमा जन्मिएका थिए । उनीहरुको चित्कारिलो बालापन, संघर्षशील युवा अवस्था र निरन्तर कामप्रतिको लगावका कारण विश्व चर्चित भएर प्रशस्त नाम र दाम दुवै कमाएका उदाहरणहरु छन् ।


चाहे त्यो खलासीको काम गर्ने रजनीकान्त होस, वा कवाडीको काम गर्ने स्टिभ जब्स । उनीहरुको कर्मशील निरन्तरताका कारण विश्व चर्चित बनेका छन् । खलासीको काम गर्दागर्दै सुपरस्टार बनेका थिए रजनीकान्त । त्यसैगरी कवाडीको काम गर्दागर्दै एप्पलका मालिक भएका थिए स्टिभ जब्स ।
नेपाली ईतिहासमा पनि बालापनमा चोर्दै हिड्ने विवेकानन्द धार्मिक गुरु हुँदै मोटिभेस्नल स्पीकर भएका छन् । अहिले उनको मोटिभेस्नल स्पीच मनोक्रान्ति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिदै आएको छ । त्यसैगरी कक्षा ७ मा फेल भएका रामकृष्ण ढकाल चर्चित गायक बने, भने घरबाट २ सय रुपीयाँ बोकी निस्केका पुस्कर शाहले विश्व घुमे ।

धेरै पटक असफल भएका व्यक्तिहरु यसरी बने विश्व चर्चित हेर्नुहोस ।

– खलासीको काम गर्ने रजनीकान्त बलिउडको सुपरस्टार बने ।
– ड्राइभरको काम गर्ने एल्विस प्रिस्ले विख्यात गायक बने ।
– कवाडीको काम गर्ने स्टिभ जब्स एप्पलका मालिक बने ।
– वेटरको काम गर्ने लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरूहुँदै मोटिभेस्नल स्पीकर बने ।
– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
– ७ कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
– २ सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
– ७ पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
– मुम्बई हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
– कुनैबेला तुना–चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
– एसएलसी पास रेखा थापा चर्चित नायिका बनिन् ।
– ३ पटक एसएलसी फेल हिरवंश आचार्य नामी कलाकार बने ।
– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
– स्कूलको मुख नदेखेका जोनडी रकेफेलर विश्वकै धनी बने ।
– थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
– ३ डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बने ।
– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । त्यसैले जीवन भोगाईको क्रममा हामीले प्रयास गर्न कहिल्यै छोड्नु हुँदैन । कुनै दिन सफलता अवश्य प्राप्त हुनेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार