भजाइनल स्वाब परीक्षण हुने, डीएनएसमेत जाँचिने,भागरथीको

35 Shares

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने भएको छ ।

जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरुले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले अनुसन्धानमा सहयोग पुग्ने विश्वाससहित परीक्षणका लागि सबुद, प्रमाण काठमाडौं पठाउन लागिएको बताए ।

बैतडी अस्पतालका एक चिकित्सकका अनुसार संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ । यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छरछैन भन्ने थाहा हुन्छ ।

यही परीक्षणबाट घटनामा एक वा एकभन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुनसक्छ । त्यसपछि डीएनए परीक्षणको समेत विकल्प रहेको चिकित्सकहरु बताउँछन् । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा डीएनए नमिलेकै कारण आरोपित दिलिपसिंह विष्ट थुनामुक्त भएका थिए ।

पछि परीक्षण प्रक्रियामाथि नै छानविन गर्न बनेको समितिले नमूना संकलन र परीक्षणसम्बन्धी प्रक्रियामै समस्या देखाउँदै डीएनएमा मात्रै भर पर्न नहुने सुझाव दिएको थियो । त्यही आधारमा विष्टमाथि पुनः अनुसन्धान समेत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार