प्रतिनिधीसभा बैठक : खोई सांसद ? … गणपुरक संख्या पुर्याउन २ पटक घण्टी बजाइयो ! [फोटोफिचर]

Facebook Debugger

काठमाडौं । मंगलबार बसेको प्रतिनिधीसभा बैठकमा सांसदको गणपुरक संख्या नपुगेपछि दुई पटक ३÷३ मिनेट घण्टी बजाएर सांसदको संख्या एकिन गर्न सभामुखले सचिवालयका ककर्मचारीलाई निर्देशन दिए । पहिलो पटक त जसोतसो बैठकमा एक चौथाई अर्थात ६९ जना सांसद उपस्थित हुनुपर्नेमा ७० जना उपस्थित भएपछि बल्ल गणपुरक संख्या पुग्यो ।


नेपालको संविधानको धार ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधीसभाको एक चौथाई प्रतिनिधी उपस्थित हुनु पर्नेमा सो संख्यामा सांसदहरु उपस्थित नभएको सांसद देवप्रसाद तिमल्सीनाले प्रश्न उठाएका थिए । त्यसपछि सभामुखले ३ मिनेट घण्टी बजाई उपस्थित सांसदको संख्या एकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।
३ मिनेट घण्टी बजाएपछि प्रतिनिधीसभा बैठकको गणपुरक संख्या ६९ जना हुनु पर्नेमा ७० जना सांसदहरु बैठकमा उपस्थित भएका थिए । त्यसपछि सभामुखले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई विचार गरियोस भनि निर्णयार्थ पेश गरेका थिए । सो विधेयक सर्वसम्मतीले पारित भयो ।
तर, सभामुखले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६ लाई निर्णयार्थ पेश गर्नुअघि पुनः ३ मिनेट घण्टी बजाउन लगाएका थिए । ३ मिनेटपछि गणपुरक संख्या ६९ जना हुनु पर्नेमा ५८ जना मात्र सांसद बैठकस्थलमा उपस्थित भएकाले सभामुखले बैठक स्थगीत गरे ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार