काठमाडौं । नेकपा लिखुपिके काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । पुरुषोत्तम बस्नेतको अध्यक्षतामा २५ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको हो ।
सम्पर्क मञ्चको उपाध्यक्षमा श्याम कार्की, सचिवमा दोर्जी शेर्पा, सहसचिवमा नवराज बि.क. र कोषाध्यक्षमा अशोक खड्का चयन भएका छन् ।
त्यसैगरी सचिवालय सदस्यहरुमा गोबर्धन खड्का, जेनि शेर्पा लगायत १८ जना सदस्य सर्वसम्मत चयन भएको लिखुपिके गाउँपालिका अध्यक्ष तथा नेकपा जिल्ला कमिटि सदस्य डम्बरबहादुर बस्नेतले बताए ।
लिखुपिके गाउँपालिकाबाट काठमाडौं आई बसोबास गर्ने स्थानीयहरुसँग समन्वय र सहकार्य गर्नको लागि सम्पर्क मञ्च गठन गरिएको अध्यक्ष पुरुषेत्तम बस्नेतले बताए । ‘गाउँपालिकाको काम विषेशले काठमाडौंबाट पालिका जाँदा र स्थानीय जनप्रतिनिधीबीच पुलको काम गर्नको लागि सम्पर्क मञ्च गठन गरिएको हो’ अध्यक्ष बस्नेतले भने, ‘पार्टीले हामीलाई विश्वास गरेर दिएको जिम्मेवारी पूर्ण रुपमा व्यवहारमा लागू गर्ने छौं ।’