सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार !

Facebook Debugger

काठमाडौं । नेकपामा चलेको संविधान संशोधनको बहसले आजका दैनिक पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।


कान्तिपुरले ‘सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार’ शीर्षक दिएर संविधान संशोधनका नेकपाका मूल ४ एजेन्डाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरे पनि अधिकार बढाउने गरी नेकपामा छलफल थालिएको छ ।
देशमा अप्ठ्यारो आइलाग्यो भने राष्ट्रपतिको पनि अधिकार थप्नुपर्छ भन्ने पक्षमा नेकपा नेताहरू देखिएका हुन् । कान्तिपुरले स्रोतको हवाला दिँदै लेखेको समाचार अनुसार, राष्ट्रपतिको अधिकार थप्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बढी चासो देखाएका छन् ।
निकट भविष्यमै मिर्गौला प्रत्यारोपण गरिँदा सत्ता नेतृत्वमा लामो समय रिक्तता नहोस् भन्ने मनसायबाट यो कुरा ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार