बलात्कारपछि भागरथी हत्या प्रकरणको अनुसन्धान अझै अलमलमा

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाका अनुसन्धान अधिकृतहरु अझै अलमलमै छन् ।

अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार संकित व्यक्तिहरुसँगको सोधपुछ र प्राविधिक पक्षको विश्लेषण भइरहेको छ तर, अनुसन्धानले लय समात्न सकेको छैन ।

भट्टको मोबाइल फोनबाट महत्वपूर्ण सुराक हात पर्ने अपेक्षा गरेको प्रहरीको ध्यान अहिले म्यानुअल अनुसन्धानतिरै मोडिएको छ । शव भेटिएको स्थानबाट १० मिटर पर तालिम प्राप्त प्रहरी कुकुरले उनको मोबाइल भेटेको थियो ।

‘भट्टले प्रयोग गर्ने गरेको एनटीसी सीम कार्डको विश्लेषण गरिसकेका छौं, अनुसन्धानमा सहयोगी हुने कुनै क्लू फेला परेको छैन’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘भारतीय सीम कार्ड पनि प्रयोग गर्ने गरेको पाइएको छ, त्यसको विवरण मगाउन भारतीय प्रहरीसँग समन्वय भइरहेको छ ।’

प्रहरीका अनुसार मोबाइलबाट केही विवरणसमेत डिलिट गरिएको आशंका गरिएको छ । यद्यपि पुष्टि भइसकेको छैन । यसबारे प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको प्रहरी बताउँछ ।

प्रहरीले घटना भएको आसपासको समयमा सक्रिय मोबाइल नम्बरहरुको बीटीएस टावरको आधारमा विश्लेषण गरेको थियो । त्यसमा पनि उपलब्धी हात परेको छैन ।

अभियुक्तले मोबाइल बोकेरनबोकेको भन्ने निर्क्यौल नभएकाले प्राविधिक पक्षको विश्लेषण कठिन रहेको अधिकृतहरु बताउँछन् । ‘यो क्षेत्रमा जतिसुकै वेला टावर नआउँदो रहेछ, त्यसले पनि समस्यै छ’, अनुसन्धानमा खटिएकाहरु भन्छन् ।

दर्जनौं व्यक्तिसँग सोधपुछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार