सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

0 Shares

काठमाडौैं । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत असार मसान्तमा सेयर बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

 

७म हिनाको अवधीमा बढेर माघ मसान्त्सम्म सेयर बजारको पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ नाघेको छ । एक महिनाकै अवधीको तुलना गर्ने हो भने पनि ४ खर्ब हाराहारीले पुँजीकरण बढेको छ ।

गत पुस मसान्तमा सेयर बजार पँुजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । सेयर बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीहरुको बजार मूल्य हो । पछिल्लो समय कम्पनीहरुको सेयर मूल्य बढ्दै जादा लगानजीकर्ताहरुको पुँजीमा वृद्धि भएको हो ।

यद्यपि, सेयर मूल्य बढेको कारणले मात्रै भने अहिले पुँजीकरण बढेको भने होइन । केहि नयाँ कम्पनीहरु थपिएका छन्, ति कम्पनीहरुको पुँजीकरण समेत जोड्दा ३४ खर्ब माथि पुगेको हो ।

गत पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१।९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६।४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४।७ प्रतिशत, होटेलकोहिस्सा ०।८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०।५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५।७ प्रतिशत रहेको छ ।

नेप्सेमा गत पुससम्ममा सूचीकृत ५ अर्ब ३५ करोड सेयरको चुक्ता मूल्य भने ५ खर्ब २५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार