प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ ।

आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ ।

कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरिएको छ ।

अबको १० दिन सो समूहले विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्नेछ ।

सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार