इन्धनको मूल्य वृद्धिको विरोधमा क्याम्पस अगाडि अनेरास्ववियूको प्रदर्शन

0 Shares

काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू ९रञ्जित तामाङ समूह० ले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको छ ।


प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

बिहान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए ।

नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।

त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार