३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

जे मन लाग्यो त्यही बोलेर हिँड्ने देउवा जी : रामचन्द्र पौडेल


६ फाल्गुन २०७७, बिहिबार  

28
Shares

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘त्यही कर्तव्यलाई बुझेर कांग्रेससका देशभर र्‍याली गर्नु भएको छ, सभा गर्नु भएको छ । लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनु भएको छ ।’

फाईल : तस्बिर

सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै उनले भने, ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने रु जे मन लाग्यो त्यही बोलेर हिँड्ने रु’

उनीभन्दा अगाडि बोलेका देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताएका थिए ।

वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन् । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले किन नभन्ने रु’

संविधान र लोकतन्त्र बच्यो भने मात्र चुनावको अर्थ हुने भन्दै उनले उनले भने, ‘किन चुनाव चुनाव भन्ने रु चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  १० : ५६ बजे