आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै प्रचण्ड माधव समूह

35 Shares

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठक दिउँसो एक बजेदेखि सुरु हुँदैछ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो ।

संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन । बरु, मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।

पार्टी विभाजन अगाडिको ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा भएकाले नेकपाको वैधानिकता पाउनुपर्ने दावी यो समूहले गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार