‘चीनले आफै कोरोना भाइरसको औषधी बनाएको दावी’

Facebook Debugger

बेइजिङ । टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९)को औषधी विकसित गरेको दावी गरेको छ । विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खोप विकसित गरिएको हो ।


उनी आफैंले चार मात्रामा औषधि सेवन गरिसकेका छन् । त्यसबाट उनलाई कुनै नकारात्मक असर नपरेको प्राप्त समाचारमा जनाइएको छ । विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवद्र्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
‘यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ,’ विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । औषधि अत्यन्त सुरक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन् ।
डिसेम्बरमा चीनको हुबेईमा देखा परेको यो भाइरस संक्रमणबाट विभिन्न देशमा गरी अहिलेसम्म २ हजार ७ सय भन्दा बढी मानिसको ज्यान गइसकेको छ । चीनबाहेक अन्य मुलुकमा ३७ जनाको मृत्यु र २ हजार ४ सय जनामा संक्रमण भएको छ ।
यस्तै ८० हजारभन्दा बढी संक्रमित छन् । दक्षिण कोरियामा ८ सय ९० मा संक्रमण भइसकेको छ, भने इरान तथा युरोपेली मुलुक इटालीमा संक्रमण दर बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले यो रोगलाई महामारी घोषणा गर्न ढिला भइसकेको बताएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठनको एक टोली इटाली पुगेको छ । इटालियन अधिकारीहरूलाई सहयोग गर्न र अवस्थाबारे जानकारी लिन टोली इटाली पुगेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर देखा पर्न थालेको छ । ग्लोबल टाइम्सबाट

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार