प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लामा छान्यो अध्यक्ष र सचिव, सोलुखुम्बुमा अध्यक्षमा शेर्पा र सचिवमा राई

1k Shares

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो । सोलुखुम्बु जिल्लामा प्रचण्ड-नेपाल पक्षबाट अध्यक्ष गोम्बु शेर्पा र सचिवमा डिल्ली राईलाई मनोनित गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड–नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन् ।

प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन् ।

पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । ९ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ ।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ ।
६८ जिल्लामा को को बने अध्यक्ष र सचिव हेर्नुस् सूचीः

prachanda nepal ko jilla neta

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार