सोलुखुम्बु काठमाण्डौ सम्पर्क समितिको कार्यक्रमलाई देउवा र पौडेलले सम्बोधन गर्ने

काठमाण्डौ । नेपाली कांग्रेस सोलुखुम्बु काठमाण्डौ सम्पर्क समितिको कार्यक्रमलाई सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन् ।

फागुन १५ गते शनिबार मिराकल पार्टी प्यालेस सुकेधारामा हुने कार्यकर्ता भेला कार्यक्रमलाई सभापति देउवा र नेता पौडेलले सम्बोधन गर्ने भएका हुन ।

कार्यक्रमलाई महामन्त्रीद्धय डा. शशांक कोईराला र पूर्णबहादुर खडका, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बलबहादुर केसी, धनराज गुरुङ र गगनकुमार थापा, प्रवक्ता विश्वप्रकाश शर्मा लगाएका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए ।

काठमाण्डौ आएर स्थायी वा अस्थायी रुपमा बसोबास गरेका सोलुखुम्बुका विभिन्न पेशा, व्यवसायमा आवद्ध सबै लोकतन्त्रप्रेमी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको पनि सम्पर्क समितिका सभापति बस्नेतले बताए ।

सम्पर्क समितिले यसअघि पनि सोहि पार्टी प्यालेसमा भव्य कार्यक्रम गरेको थियो । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण अलपत्र परेका सयौं दैनिक ज्यालादारी, मजदुर र विद्यार्थीहरुलाई सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतको नेतृत्वमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्नहरु वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार