नेकपा सोलुखुम्बुमा ४५ सदस्यीय सचिवालय, कार्यालय सचिवमा हर्क राई [नामसहित]

Facebook Debugger

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुले ४५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । शुक्रबार दिउँसो सदरमुकाम सल्लेरीमा बसेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले जिल्ला सचिवालय गठन गरेको हो ।
बैठकले केही समयअघि तिङलामा भएको घटना मुख्य एजेण्डाका रुपमा प्रस्तुत गरिएको बैठकमा सहभागी एक नेताले बताए । नेकपा केन्द्रीय सदस्य, संघीय सांसद एवं सोलुखुम्बु जिल्लाका इञ्चार्ज हेमकुमार राई (सुरवीर)को प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी अध्यक्ष तथा नेकपा १ नं. प्रदेश कमिटी सदस्य मानवीर राईको अध्यक्षतामा भएको बैठकले पूर्व एमालेको तर्फबाट २४ जना र पूर्व माओवादीको तर्फबाट २१ जना गरी ४५ सदस्यीय सचिवालय गठन गरेको हो ।
१ सय ३७ सदस्यीय जिल्ला कमिटी रहेको सोलुखुम्बुमा इञ्चार्जको फेरबदलका कारण लामो समयदेखि जिल्ला कमिटीको बैठक बस्न सकेको थिएन । यसअघि पार्टी केन्द्रले जिल्ला इञ्चार्जको बारेमा पार्टी निर्णय गर्दा त्रुटी हुन गएकाले सोलुखुम्बुको सांगठनिक गतिमा अप्ठ्यारो भएको र जिल्ला कमिटीको बैठक बस्नमा ढिला भएको अध्यक्ष मानवीर राईले बताए ।


सोही अवसरमा बैठकले केही समयअघि सोलुदूधकुण्ड नगरपालिकाको तिङलामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन यसअघि गठित अध्ययन तथा सुझाव समितिको प्रतिवेदन कार्यालयले बुझ्ने र उक्त प्रतिवेदनको आधारमा आन्तरिक वा बाह्य निर्णय गर्ने निर्णय गरेको छ । माघ ४ गते पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटनलाई लिएर स्थानीय र कायक्रममा जाने युवाहरुबिच असहज परिस्थिती सिर्जना भएपछि दर्जन बढी सवारीसाधनमा आगजानी गरेका थिए ।
बैठकमा जिल्ला कमिटी सदस्यहरुले यस घटनाबारे पार्टीले गम्भीर भई पहलकदमी लिनुपर्ने माग गरेका थिए । बैठकले हर्कबहादुर राईलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ । साथै राईलाई प्रदेश खेलकुद बोर्ड सदस्यका लागि सिफारिस गर्ने निर्णय समेत गरेको बताइएको छ ।
सचिवालय सदस्यहरु
मानवीर राई
गोम्बु शेर्पा
डुफकुमार बास्तोला
हिमाल गिरी
हर्कबहादुर राई
सागर किराती
रामकाजी श्रेष्ठ
अमृता राई
असिम राई
आसकुमार राई
उदयनारायण बस्नेत
कल्पना राई
कल्पना गिरी बस्नेत
केशरबहादुर राई
केशब खड्का(श्याम)
गौरव राई
ङिमदोर्जी शेर्पा
ङिमातेण्डुप शेर्पा
जगन्नाथ बास्तोला
डम्बरबहादुर बस्नेत (शान्त)
डाकबहादुर राणापाल
डिल्लीबहादुर राई
दिपक राजभण्डारी
दिलबहादुर नेपाली (घनश्याम)
दोर्जीजाङ्बु लामा
धनकुमार बि.क
धर्मध्वज खत्री
नन्दराज गुरुङ
नाम्गेल शेर्पा
पोष्टकुमार कार्की
प्रल्हाद राई (प्रज्वल)
बिकेन्द्र कुलुङ
वीरउदास श्रेष्ठ
बुद्धलक्ष्मी राई
बुद्धिकिरण राई
भक्तबहादुर राउत
महेन्द्रबहादुर राई
मिङ्मारछिरी शेर्पा
रामसंघर्ष किराँती
रीमा कुलुङ
शङ्करबहादुर बस्नेत
सन्तोस मगर
सिताराम भट्टराई
सोभित बस्नेत
सूर्यकुमारी सुनुवार

यो पनि पढ्नुहोस 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार