नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले सहकार्य नगर्ने निर्णय

14 Shares

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।

‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष रह्यो’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने ।

जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार