‘नेपाली काङग्रे चुपचाप बसेको भए संसद पुनर्स्थापना हुने थिएन’ : नेता पौडेल [भिडियो सहित]

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस चुपचाप बसेको भए संसद पुनर्स्थापना नहुँने बताएका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको बृहत कार्याकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पौडेलले नेपाली कांग्रेस चुपचाप बसेको भए प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सदर गर्ने बताएका हुन् ।

‘संसद पुनर्स्थापना नभएको भए १२ वर्षे जनयुद्वभन्दा भिषण गृहयुद्वमा जान्थ्यो । धन्न अदालतले बचायो’ नेता पौडेलले भने, ‘अरूको घर भत्केला र हाम्रो घर सप्रेला भनेर अहिले हामी बसिरहेका छौं । यस्तो सोच्नु र भन्नु कमजोर मानसिकता हो ।’

‘जनताको विश्वास अझै हामीसँग किन धुरमुर छ ? नेपाली जनताको नजरले हामीले हामीलाई हेरौं’ पौडेलले भने, ‘अहिलेको अवस्थामा नेपाली कांग्रेस सत्तामा जानू हतारिनु हुँदैन । सत्तामा विकृति आउनबाट बचाउनु पर्छ । हैसियत अनुसार अपेक्षा राख्नु पर्छ । अहिले नेपाली कांग्रेसको हैसियत संसदमा प्रमुख विपक्षी दलमा बस्ने हो ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले राष्ट्रिय राजनितीमा नेपाली कांग्रेस कहाँ उभिने ? स्थान तय गर्नु पर्नुपर्ने बताएका छन् । ‘अहिले नेपाली काङग्रेस, काङग्रेस भएर बस्नु पर्छ’ नेता केसीले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग लोकतन्त्र साट्न सक्दैन ।’

नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले नेपाली काङग्रेसमा क्रियाशील सदस्य स्वर्गबाट आएको जस्तो खुसियाली मनाउनु पर्ने अवस्था आएकोमा दुःख लागेको बताए ।

कम्युनिष्ट १० टुक्रा भएपनि काङग्रेस यसरीनै सुतेर बस्ने हो भने कहिल्यै माथि उठ्न नसक्ने पनि नेता कार्कीले बताए ।

नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले वास्तविक काम गर्ने र क्षमताका आधारमा पार्टीले क्रियाशिल सदस्य वितरण तथा नविकरण गर्नुपर्ने बताएका छन् ।

अबको नेतृत्व ‘हाम्रो नेतृत्व होईन राम्रो नेतृत्वलाई नेपाली कांग्रेसले साथ दिनु पर्छ’ सभापति बस्नेतले भने ।

कार्यक्रममा केन्द्रीय सदस्य पूर्वमन्त्री अम्बिका बस्नेत, सोलुखुम्बु जिल्ला सभापति विनोद बस्नेत, दोलखा जिल्ला सभापति रूद्र खड्का, नेपाली कांग्रेस सोलुखुम्बुका संगठन विभाग प्रमुख खिलराज बस्नेत, महासमिति सदस्य भोजराज कार्की, महासमिति सदस्य जयप्रसाद राई, महासमिति सदस्य शम्भुहरी बास्तोला लगायतले क्रियाशिल सदस्य वितरण तथा नविकरणमा नेपाली कांग्रेसका राम्रा कार्यकर्ताहरुलाई दिनु पर्ने बताएका छन् ।

त्यसै गरी नेपाली काङग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कट्टेल, नेपाली काङग्रेस सोलु जिल्ला सचिव भलाकाजी कुलुङ, सहसचिव कुशराज राई, जिपि फाउण्डेशनका अध्यक्ष तथा टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की, किसान संघका सोलु अध्यक्ष हुतराज बस्नेत, तरूण दल सोलुका अध्यक्ष अशोक झा, महिला संघ सोलुका अध्यक्ष छिण्डिल्हामु शेर्पा, खुम्बुपासाङल्हामुका नेता चुङबा शेर्पा, जिपि कोईराला सोलुखुम्बुका अध्यक्ष हेमराज कट्टेल, आरआर क्याम्पसका सभापति पुष्कर बास्तोला, नेविसंघ सोलु अध्यक्ष अश्विनबाबु थापा, सोलु काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष विमला गुरूङ, सचिव भरत काफ्ले र उत्तम राईले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार