१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

नेकपा प्रचण्ड(माधव समूहको सचिवालय बैठक जारी


१७ फाल्गुन २०७७, सोमबार  

0
Shares

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर अगाडि बैठक शुरु भएको हो ।

संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ ।

अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा० सँग आग्रह गरेका छन् । तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालय बैठक बसेको एक नेताले बताए ।

सर्वोच्च अदालतले गएको ११ फागुनमा संसद् पुनस्र्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ । यसबाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : १९ बजे