काठमाडौं उपत्यकासहित देशका केही भू-भागमा वर्षा !

Facebook Debugger


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यकासहित देशका केही भू-भागमा हल्का वर्षा भएको छ ।
अहिले देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेकोले देशको मध्य तथा पुर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भैइरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङर हावाहुरी र असिना सहित वर्षाको भैइरहेको छ, भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात भैइरहेको छ ।
यस्तै महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङर हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार