२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

देश पूर्ण शान्ति युगमा प्रवेश गरेको छ :  प्रधानमन्त्री ओली


२१ फाल्गुन २०७७, शुक्रबार  

21
Shares

फोटो लोकचन्द« थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् ।

ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, पूर्ण शान्ति छ ।’

उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : १६ बजे