‘विकासमा राजनिति भयो भने सम्वृद्धि संभव छैन’ : सांसद राई

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बका प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले विकासमा राजनिति नगर्न आग्रह गरेका छन् ।
महाकुलुङ गाउँपालिकामा रहेको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा बोल्नु हुदै सांसद राईले विकासमा राजनिति भएमा सकरात्मक परिवर्तन संभव नभएको बताएका हुन् ।
विकासका क्रियाकलापमा गरिने राजनितिले सम्बृद्धि संभव नभएकाले विकासमा तेरोमेरो, पक्षविपक्ष नबन्न उनले सबैलाई आग्रह गरे । पक्ष र विपक्षमा लाग्दा आफैलाई हानि हुने उनको तर्क थियो । जिल्लाको विकासका लागि तेरो मेरो भन्दा पनि सबै एक जुट भएर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । जिल्लाको पर्यटनको विकासलाई ध्यानमा राख्दै आगामी वैशाखसम्म विभिन्न स्थानमा फोरजी सेवा सञ्चालन गरिने उनले बताए । सोलुखुम्बु पर्यटकिय क्षेत्र भएकाले पनि फोर जी सेवाको आवश्यकता रहेको उनले दोहो¥याए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार