१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

सुरु भयो प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक


२४ फाल्गुन २०७७, सोमबार  

0
Shares

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ ।


यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा सर्वोच्चको फैसला र आगामी कदमबारे कुराकानी भएको थियो । तर कुनै निर्णय नभएको र आफूहरु पर्ख र हेरको स्थितिमा रहेको एक नेताले बताए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : ५५ बजे