३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


२५ फाल्गुन २०७७, मंगलबार  

28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको of] पहिलो पटक हो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ४७ बजे