माओवादीका पूर्व कम्पनी सह-कमाण्डार राई कांग्रेसमा प्रवेश

अब कांग्रेस नेताहरुमा एकताको विकल्प छैन : केन्द्रीय सदस्य केसी

Facebook Debugger


काठमाडौं । माओवादीका पूर्व कम्पनी सह-कमाण्डर अशोककुमार राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा सोलुखुम्बुका नेता समेत रहेका राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् । राईलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी सदस्यता प्रदान गरी प्रवेश गराएको नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए । सोलुखुम्बु सोताङ निवासी राई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको शसस्त्र युद्धमा संलग्न भई भूमिगत राजनितीमा लागेका थिए ।
राईले पार्टी प्रवेश कार्यक्रममा बोल्दै देशमा कम्युनिष्ट पाटीको बहुमत प्राप्त सरकार हुदाँ पनि जनताको अपेक्षा अनुरुप काम गर्न नसक्नु, इतिहासकै धेरै भ्रष्टचार भएको समेत आरोप लगाए । ‘अहिले देशमा हत्या हिंशा बढेको छ ।’ राईले भने, ‘बलात्कारीहरुलाई राजनीतिक संरक्षण गरी पिडितको घाउमा नुनचुक लगाउने कार्य कम्युनिष्टले गरेको छ, पार्टीसँग अब कुनै आशा नरहेकाले आफु लोकतन्त्रको धरोहर कांग्रेस पार्टीमा प्रवेश गरेको हो ।’

अब कांग्रेस नेताहरुमा एकताको विकल्प छैन : केन्द्रीय सदस्य केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले नेपाली कांग्रेसका नेताहरु अबको समयमा मिल्नुको विकल्प नरहेको बताएका छन् ।
नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै केसीले केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेस नेताहरु अबको दिनमा मिल्नुको विकल्प नरहेको बताएका हुन् । ‘दुई तिहाईको सरकार देशले पाए पनि जनताले अहिलेसम्म राहतको महशुस गर्न सकेका छैनन्,’ केन्द्रीय सदस्य केसीले भने, ‘स्थानीय तहदेखि केन्द्र सरकारसम्मनै भ्रष्ट्राचारमा चुर्लुम्म डुबिसेकाले अब यो सरकारबाट देश र जनताले केहि पनि पाउँदैनन् ।’


यसैबीच कार्यक्रममा महाकुलुङ घर भई हाल काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरिरहेका नेपाली कांग्रेसका क्रियाशील सदस्य गोठमान राईलाई सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले समितिको तर्फबाट १० हजार आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा नेता नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्की, महासमिति सदस्य खिलराज बस्नेत, नेपाल तरुण दल सोलुखुम्बुका सभापति तथा महाधिवेशन प्रतिनिधि अशोककुमार झा, भलाकाजी कुलुङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार