चीनले दियो विश्व स्वास्थ्य संगठनलाई २ करोड अमेरिकी डलर !

Facebook Debugger


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम गर्नका लागि चीन सरकारले विश्व स्वास्थ्य संगठनलाई २ करोड अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको समाचार छ ।
महामारी देखापरेयता महानिर्देशक टेड्रोस अढानोम घ्रेब्रेयससको नेतृत्वमा विश्व स्वास्थ्य संगठनद्वारा महामारीको प्रतिरोध र प्राविधिक विज्ञानमार्फत रोकथाम गर्ने सोचले अन्तराष्ट्रिय समाजको प्रशंसा हासिल गरेको छ । साथै प्रभावित मुलुकको रोकथाम क्षमता बलियो बनाएर सहयोग दिएको कुरा पनि उल्लेखनीय कार्य मानिन्छ । विश्व स्वास्थ्य संगठनले चीनलाई दिएको समर्थनप्रति पनि चीन सरकारले प्रशंसा गरेको छ ।
भाइरस कुनै मुलुकका लागि फरक नहुने भएकाले आपसी सहयोग महत्वपूर्ण छ । विभिन्न मुलुकसँग मिलेर क्षेत्रीय तथा अन्तराष्ट्रिय सार्वजनिक स्वास्थ्यको संरक्षण गर्नका लागि चीनले योगदान गर्ने साथै साझा मानव भाग्य समुदायको निर्माणलाई अघि बढाउने निर्णय गरेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय पुगिसकेको छ । सामान्य रुघाखोकीबाट सुरु हुने यो संक्रमण समयमै उपचार गरे निको हुन्छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार