गायिका बविनाको ‘गोक्यो री’ भिडियो सार्वजनिक

224 Shares

काठमाडौं । गायिका बविना किरातीको आवाजमा रहेको ‘गोक्यो री’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको म्यूजिक भिडियो गायिका किरातीकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोलाई विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको साहसिक एवं सुन्दर पर्यटकीय स्थल गोक्यो क्षेत्रमा छायांकन गरिएको निर्माता सञ्चबहादुर राईले बताए ।

गीतमा ‘गोक्यो री’को बारेमा वर्णन गरिएको छ । गीत मिलन किरातीले लेखेका छन् । कम्पोज विक्रम राई, एरेञ्ज फडिन्द्र राई, छायांकन ईशक जवेगुले गरेका छन् । गीतमा बविना किराती, अनिश सिञ्जाली मगर र रायल राईले अभिनय गरेका छन् । म्यूजिक भिडयोलाई दुर्लभ जन्तरेले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार