मौसम : आज देशभर सफा हुने, भोलीदेखि पानी पर्ने संभावना !

Facebook Debugger


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका सबैजसो ठाउँको मौसम सफा रहने छ । स्थानीय वायुको प्रभावले पूर्वी पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने र केही ठाउँमा छिटफुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने महाशाखाका अधिकारीले बताएका छन् । मंगलबारदेखि भने देशभर सामान्य बादल लागेर पहाडी क्षेत्रका केही ठाउँमा सामान्य वर्षासमेत हुने संभावना रहेको छ ।

आगामी ३ दिनको मौसम पूर्वानुमान :

फागुन २६ गते (सोमबार) : दिउँसो : देशको पुर्वी पहाडी भू-भागमा आँशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
फागुन २७ गते (मंगलबार) : दिउँसो : देशभर आँशिक बदली रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राती : देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावाना छ ।
फागुन २८ गते (बुधबार) : दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावाना छ । राती : देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावाना छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार