होली पर्व : काठमाडौंमा १ हजार ९ सय ४१ सवारी चालकलाई कारवाही

Facebook Debugger


काठमाण्डौ । होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १ हजार ९ सय ४१ चालकलाई कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वका दिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ६ सय ४५ दुईपाङ्ग्रे र २ सय ९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।
बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित सबै ट्राफिक कार्यालयहरूले ७६ स्थानमा विशेष ट्राफिक चेकजाँच गरेका थिए । १४ वटा मोबाइल भ्यानवाट मोवाईल चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाका प्रमुख ढकालले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार