सचेतना : सडकमा हुने घटना न्यूनीकरण, भएन मानवीय क्षति

Facebook Debugger


काठमाडौँ । उपत्यकाको विभिन्न चोकहरूका सडकमै “तीव्र गतिमा सवारी नचलाऔँ ।”, त्यस्तै “मापसे गरी सवारी नचलाऔँ ।” भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन गरिएको थियो । यस्ता विभिन्न अभियानबाट ट्राफिक सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख भिमप्रसाद ढकालले बताए । उनले भने, “प्रभावकारी र जनमुखी सचेतनाले नै विगतको भन्दा घटना न्यूनीकरण भएको छ ।”
यसैगरी काठमाडौं उपत्यकामा सोमबार २० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन् भने कुनै पनि मानवीय क्षति भएको छैन । “विगतको समयमा जस्तो सडकमा उच्छृङ्खल गतिविधि नगरी सबैले हाम्रो विनम्र अनुरोधलाई पालना गरेर रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना तथा सद्भाव साटासाट गरेर शान्तिपूर्ण तवरले मनाइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु।” ढकालले भने ।
ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना समेत लागु गरी प्रभावकारी कार्यान्वयन गरेको जानकारी दिएको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँचलाई समेत कडा पारिएको थियो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटी वाहेक होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन ५ सय ६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको श्रेष्ठले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार