‘गोक्यो री’ गीतले बनायो विश्व कीर्तिमान !

काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सुन्दर पर्यटकीय स्थलमा गाइएको ‘गोक्यो री’ बोलको गीतले विश्व कीर्तिमान बनाएको छ ।

सोलुखुम्बुको गोक्यो ताल छेउमा रेकर्ड भएको उक्त गीतले विश्व कीर्तिमान बनाएको हो । ४ हजार ८ सय १३ मिटर उचाइमा रेकर्ड गरिएको गीत र छायांकन गरिएको म्यूजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वकै अग्लो ठाउँमा रेकर्ड भएको गीत तथा म्युजिक भिडियोको रूपमा सूचीकृत गरेको हो ।

‘गोक्यी री’ गीत नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन व्यवसायीसमेत रहेका निर्माता लक्ष्मण कार्की, पर्यटन व्यवसायी सञ्चबहादुर राई, कार्यक्रमका संयोजक तथा ३ पटकसम्म विश्व कीर्तिमान राख्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायी तथा सिनेमाटोग्राफर राजन खरेल र बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् ।

म्यूजिक भिडियोमा बबिना किराती, अनिश सिञ्जाली मगर र रायल राईले अभिनय गरेका छन् । बबिना राईको आवाजमा रहेको गीत मिलन किरातीले लेखेका हुन् । म्यूजिक भिडियोको निर्देशन दुर्लभ जन्तरे (बुद्धिराज राई) ले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार