२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

केपी ओली पार्टी छाडेर गए हुन्छ,एमाले हाम्रो हो : माधव नेपाल


१० चैत्र २०७७, मंगलबार  

28
Shares

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बि–माले, सि–माले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।

मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

उनले अघि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन् सि–माले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ४६ बजे