बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

Facebook Debugger


काठमाडौं । कञ्जर्भेटिभ पार्टीकी सांसद तथा बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
मन्त्री डोरीजलाई कोरोना भाइरसको संक्रमण भएपछि घरमै आइसोलेशन वार्डमा बसेको जस्तै गरी बसिरहेको बताएकी छिन् । बेलायतमा उनी कोरोना भाइरसबाट संक्रमित हुने पहिलो सांसद सदस्य रहेको बीबीसीले बताएको छ । पहिलेकोभन्दा बढि स्वास्थ्यमा ध्यान दिइरहेकी पनि उनले दावी गरिन् ।
विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भैसकेको छ । मन्त्रीले आफ्नोभन्दा पनि आफूसँगै रहेकी ८४ वर्षिया आमाको स्वास्थ्यलाई लिएर बढि चिन्तित भएको बताएको बीबीसीले जनाएको छ । उनको आमालाई सामान्य रुघाखोकी लाग्न थालेपछि चिन्ता व्यक्त गरेकी हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार