‘बाँस्कोटा लक्षित आक्रमणको सूचना पहिल्यै थाहा थियो प्रहरीलाई !’

Facebook Debugger


काठमाडौँ । सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि राजीनामा दिएका मन्त्री गोकुल बाँस्कोटा लक्षित आक्रमण हुन सक्ने सूचना प्रहरीले त्यतिबेलै पाएको थियो, जतिबेला उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
मध्यपुर ठिमी नगरपालिका १ मनहरामा बाँस्कोटाको घरको सुरक्षाका लागि मंगलबारसम्म पनि केही प्रहरीहरु त्यहाँ खटाइएको थियो । तर बुधबार बिहान उज्यालो भइसकेपछि बाँस्कोटाको घरको कम्पाउण्डमा शक्तिशाली विष्फोट भयो ।
विष्फोटबाट बाँस्कोटाको घरसँगै आसपासका केही घरहरुमा पनि क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ । यो घटनाले राजधानीको सुरक्षा व्यवस्थापनमा प्रहरीमाथि गम्भीर चुनौती खडा गरेको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार