३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

आकाशमा प्रदूषण फैलँदा काठमाडौंको हवाई उडान प्रभावित


१३ चैत्र २०७७, शुक्रबार  

0
Shares

काठमाडौं । काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानै देखि काठमाडौंको आकाशमा तुवाँलो फैलिएको छ ।

काठमाडौं विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौं विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयको भनाइ छ ।

काठमाडौं(भरतपुर रुटमा बिहीबार समेत जहाज डिले बनेका थिए । तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ४१ बजे