कोरोना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या ४ हजार ३ सय पुग्यो !

Facebook Debugger


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ हजार ३ सय पुगेको छ । चीनमा मात्र ३ हजार १ सय ५८ जनाको मृत्यु भएको हो ।
इटालीमा ६ सय ३१, इरानमा २ सय ९१, दक्षिण कोरियामा ६१, स्पेनमा ३६, फ्रान्समा ३३ र अमेरिकामा ३१ जनाले ज्यान गुमाएका छन् । विश्वभर १ लाख १९ हजार २ सय ४५ जनामा संक्रमण देखिएकामा ६६ हजार ५ सय ७८ जना निको भएका छन् ।
हाल चीनमा १६ हजार १ सय २६ र इटालीमा ८ हजार ५ सय १४ जना संक्रमित छन् । १ सय १९ भन्दा बढी देशमा कोरोनाको संक्रमण भेटिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार