नेपाल पुलिस रारा गोलडकप फुटबलको फाइनलमा प्रवेश

Facebook Debugger


पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले १८ औं संस्करणको आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता रुस्लान थ्री स्टारलाई ३-० गोल अन्तरले हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो ।
पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरेका थिए । पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । पुलिसले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार