तीन दलको बैठक देउवा निवासमा

42 Shares

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० सहितको बैठक सुरु भएको हो ।

 


बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा। शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका छन् ।

जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

नेपाली कांग्रेसले अघिल्लो हप्ता केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सोही अनुसार देउवाले नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार