जाडो छल्न शहर झरेका खुम्बुका स्थानीय गाउँ फर्किए, पर्यटक सिजन भएपनि खुम्बु क्षेत्र सुनसान ! [फोटोफिचर]

Facebook Debugger


सोलुखुम्बु । जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुका स्थानीय मध्य फागुन लागेपछि गाउँ फर्किन थालेका छन् । जाडो छल्न शहर झरेका अधिकांश खुम्बु क्षेत्रका स्थानीय गर्मीयाम शुरु भएसँगै गाउँ फर्किएका हुन् ।
खुम्बु क्षेत्रको पर्यटकीय स्थल दिङबुचे, फेरिचे, छुकुङ, थुक्ला, लबुचे, गोरक्सेप, जोङ्ला, ठाङनाक र गोक्यो क्षेत्रमा होटल व्यवसाय गर्ने स्थानीयहरु गर्मीयाम शुरु भएसँगै गाउँ फर्किएका हुन् । कात्तिक महिनाको मध्यतिर जाडो छल्न शहर तथा तल्लो क्षेत्र झरेका होटल व्यसायीहरु करिब ३ महिनापछि पुनः गाउँ फर्किएका छन् ।
जाडो महिनामा अत्याधिक चिसो हुने भएकाले जाडो छल्न खुम्बु क्षेत्रको उच्च हिमाली बस्तीका व्यवसायीहरु तल झर्ने गरेका छन् । त्यक्ति मात्र होइन जाडो महिनामा लगातार हिमपात हुँदा दैनिक उपभोग्य वस्तुहरु बस्तीसम्म पुर्याउन समस्या हुने भएकाले पनि तलतिर झर्ने गरेको जोङ्लाका छिरिङ शेर्पाले बताए ।


स्प्रिङ सिजनसँगै पर्यटकहरुको बाक्लो चहलपहल हुने खुम्बु यत्तिबेला प्रायः सुनसान छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विदेशी पर्यटकहरु खुम्बु नआउँदा यस क्षेत्र सुनसान बनेको हो । खुम्बु क्षेत्र मात्र होइन नेपालका प्रायः पर्यटकीय स्थलहरु अहिले सुनसान छन् । फाट्टफुट्ट आएका केहि विदेशी पर्यटकहरु पनि कोरोना भाइरसका कारण खुलेर घुम्न पाएका छैनन् ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार