गायिका राईको ‘जुनेली देख्दा’ बजारमा (भिडियोसहित)

काठमाडौ । गायिका सीता राईको ‘जुनेली देख्दा’ बजारमा आएको छ । अर्जुन राईको प्रस्तुतीमा रहेको उक्त गीतको बरिष्ठ साहित्यकार भूपाल राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच लोकार्पन गरिएको छ ।

उक्त गीतको रचना टीका चाम्लिङले गर्नुभएको छ भने संगीत जसिहाङ राई र संगीत संयोजन भने साहस शाक्यको रहेको छ । संगीतमा डीग्री गर्नुभएकी गायीका राई सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-८ निवासी हुनुहुन्छ ।

चाबहिलको एक होटलमा उक्त गीतको लोकार्पण पछि बरिष्ठ साहित्यकार राईले गीतको शब्द र संगीत उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । मौलिकता र सरलतामा ‘जुनेली देख्दा’ पाईएको उहाँको भनाई छ ।

समाज रुपान्तरणका निम्ती गीत संगीतले खेलेको भूमिका उच्च रहेको भन्दै उहाँले राज्यले समेत बुझ्न आवश्यक रहेको बताउँनुभयो । एक दुई वटा गीत लेख्दैमा रचनाकार, एक दुई वटा गीत गाउँदैमा गायककार नहुँने भन्दै यसमा निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस्तै बरिष्ठ संगीतकार जसिहाङ राईले गीत संगीतमा प्रयोग हुने शब्द नै आजको सांगीतिक क्षेत्रको चुनौती रहेको बताउँनुभयो । जसको लागि सर्जक र गायकले विशेष ध्यानपु¥याउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार