ट्रम्पलाई भेटेर फर्केलगत्तै ब्राजिलका एक अधिकारीमा कोरोनाको संक्रमण !

Facebook Debugger


काठमाडौं । ब्राजिलका एक सरकारी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
ती अधिकारीले अघिल्लो शनिबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए र उनीसँगै तस्बिर पनि खिचाएका थिए । ब्राजिलका राष्ट्रपति बोल्सोनारोको भ्रमण दलमा सहभागी ती अधिकारीले अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँग पनि भेट गरेका थिए ।
ब्राजिल फर्केलगत्तै उनलाई ज्वरो आएको थियो । स्वास्थ्य जाँच गरेपछि कोरोनाको संक्रमण पुष्टि भएको समाचार एजेञ्सीहरुले बताएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार