ट्रम्पले पनि अपनाए नेपाली संस्कार ‘नमस्ते’ अभिवादन !

Facebook Debugger


काठमाडौं । कोरोना भाइरसको संक्रमणको खतराका कारण विश्वभर मानिसहरुको अभिवादन गर्ने तरिका फेरिन थालेको छ ।
मानिसहरु अब आफ्नो पारम्पारिक स्वागतको तरिका छोडेर नेपाली संस्कारमा पचिरित ‘नमस्ते’ गरिरहेका छन् । यसको असर आम मानिसहरुमा मात्रै होइन, विभिन्न मुलुकका राष्ट्राध्यक्षहरुमा पनि देखिएको छ । बिहीबार अमेरकी राष्ट्रपति डोनान्ड ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले नमस्ते गरेर अभिवादन गरे ।
ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियोका व्हाइट हाउसमा पत्रकार सम्मेलन भएको थियो । जहाँ पत्रकारले हात मिलाउनेबारे प्रश्न गरे तब लियो र ट्रम्प दुवैले हात जोडेर नमस्ते गरेका थिए ।


उता प्रिन्स चार्ल्स पनि नमस्ते अभिवादन गरिरहेका देखिए । यसअघि इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि अभिवादनका लागि ‘नमस्ते’ शैली अपनाउने बताएका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार